ग्राहक आकर्षण गर्न म्याक्स नेट टीभीको ‘झकासको दशैँ प्याकेज’

टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनीले ग्राहक आकर्षण गर्न विभिन्न प्याकेज तथा अफर सुविधा ल्याउने क्रममा म्याक्स नेट टीभीले अरुलाई उछिनेको छ। ३२ इन्चको टीभी हात खालि नजाने गरी ‘म्याक्स झकास दशैँ अफर’ ल्याएको हो।

नेपालभ्युज

ग्राहक आकर्षण गर्न म्याक्स नेट टीभीको ‘झकासको दशैँ प्याकेज’

काठमाडौं। टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनीले ग्राहक आकर्षण गर्न विभिन्न प्याकेज तथा अफर सुविधा ल्याउने क्रममा म्याक्स नेट टीभीले अरुलाई उछिनेको छ। ३२ इन्चको टीभी हात खालि नजाने गरी ‘म्याक्स झकास दशैँ अफर’ ल्याएको हो। ग्राहकले सेवा लिँदा टीभी सेट अनिवार्य पाउनेछन्। साथै आफ्नो प्याकेज अनुसार इन्टरनेट र टिभी प्याकेज पाउनेछन्।

कुन प्याकेज लिँदा कुनकुन सेवा पाइन्छ ?

एक वर्षसम्मकाे प्याकेजमा इन्टरनेट मात्रै लिने, टेलिभिजन प्याकेज लिने वा इन्टरनेट र टेलिभिजन दुवै प्याकेज लिने ग्राहकलाई तीनवटा विकल्प छ।

१६ हजार ५ सय रुपैयाँको सबैभन्दा सस्तो प्योज लिँदा ग्राहकले ३२ ईन्चको टीभीसँगै एक वर्ष टेलिभिजन हेर्न पाउनेछन्। साथमा निशुल्क सेटअप बक्स पाउनेछन्।

यस्तै २३ हजार रुपैयाँको प्याकेज लिँदा ३२ ईन्चको टीभीसँगै वर्ष दिनसम्म इन्टरनेट चलाउन पाउनेछन्।

यस्तै २६ हजार रुपैयाँको प्याकेज लिँदा ३२ ईन्चको टीभीसँगै इन्टरनेट सेवा र टेलिभिजन सेवा पाउनेछन्।

यस्तै २८ हजार रुपैयाँको प्याकेज लिँदा ३२ ईन्चको टीभीसँगै इन्टरनेट सेवा र आईपी टीभी सेवा पाउनेछन्। यो भ्याटसहित समावेश शुल्क रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved