राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा सत्ता गठबन्धन असन्तुष्ट

मंगलबार रातिसम्म प्रमाणीकरण नभए कसरी अघि बढ्ने भन्नेबारे छलफल

दोस्रो पटक संसदबाट पारित भएर पठाएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी छैनन् । संविधान अनुसार संसदबाट पठाएको १५ दिन अर्थात मंगलबार राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गर्नुपर्छ ।

नेपालभ्युज

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा सत्ता गठबन्धन असन्तुष्ट
फाइल तश्वीर

काठमाडौं । सत्ता गठबन्धनको बैठक सिट बाँडफाँट छाडेर नागरिकता विधेयक प्रमाणीकरण नभएको विषयमा केन्द्रित भएको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणमा आनाकानी गरेपछि सत्ता गठबन्धनमा आवद्द दल अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन छलफलमा जुटेका छन् ।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा पनि राष्ट्रपतिको भूमिकाबारे छलफल भएको छ । सिट बाँडफाँट मिलाउन भनेर बसेको बैठक नागरिकता विधेयकमा राष्ट्रपतिको भूमिकाबारे छलफल गरेर उठेको हो । दोस्रो पटक संसदबाट पारित भएर पठाएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी छैनन् ।

संविधान अनुसार संसदबाट पठाएको १५ दिन अर्थात मंगलबार राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गर्नुपर्छ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे कसरी अघि बढ्ने भन्नेबारे आजको बैठकमा छलफल भएको नेताहरुले बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा नेताहरुले राष्ट्रपतिको नियत राम्रो नदेखिएको ब्रिफिङ गरेका थिए ।

प्रमाणीकरणको लागि आज रातिसम्म पर्खने र नभए भोलि बैठक बसेर थप रणनीतिबारे छलफल गर्ने सहमति भएको सहभागी एक नेताले जानकारी दिए ।

सभामुख अग्नि सापकोटाले संघीय संसदबाट बहुमतले पारित भएको नागरिकता विधेयक भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शितल निवास पठाएका थिए । त्यसअघि राष्ट्रपति भण्डारीले सुझावसहित फिर्ता पठाएको सो विधेयक संसदले कुनै संशोधन नगरी पारित गरेर पठाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved