चोलेन्द्रको पक्षमा सर्वोच्च अदालत परिसरमा प्रदर्शन हुँदै

राणाले भने प्रतिनिधिसभाको कार्यकाल सकिएपछि आफूले सफाइ पाएको भन्दै अदालतमा हाजिर हुन पाउने दाबी गर्दै आएका छन्। सरकारले उनलाई निवासमै रोकेर हाजिर हुन नदिएपछि विरोधस्वरूप प्रदर्शन हुन लागेको जनाईएको छ।

नेपालभ्युज

चोलेन्द्रको पक्षमा सर्वोच्च अदालत परिसरमा प्रदर्शन हुँदै

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा समर्थकहरूले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्ने तयारी गरेका छन्। केही बेरपछि प्रदर्शन गर्ने तयारी रहेको जनाइएको छ।

जबरा गत आइतबार नै सर्वोच्च जाने तयारीमा थिए। तर, सरकारी निवासबाट निस्कन नदिएर सरकारले ‘नजरबन्द’ मा राखेको उनले बताएका थिए।

महाभियोग सिफारिस समितिले प्रतिनिधिसभा कार्यकालको अन्तिम दिन सभामुख अग्निप्रसाद सापकोटा समक्ष महाभियोग लगाउन सिफारिस सहित प्रतिवेदन बुझाएको थियो।

तर, राणाले भने प्रतिनिधिसभाको कार्यकाल सकिएपछि आफूले सफाइ पाएको भन्दै अदालतमा हाजिर हुन पाउने दाबी गर्दै आएका छन्। सरकारले उनलाई निवासमै रोकेर हाजिर हुन नदिएपछि विरोधस्वरूप प्रदर्शन हुन लागेको जनाईएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved