समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने काम रातभरि चल्यो, ४८ दलको निवेदन

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत ठूला दल मंगलबार अपराह्नपछि मात्रै निर्वाचन आयोग पुग्दा बन्दसूची रूजु गर्नेलगायत काम रातभरि लागेको आयोगले जनाएको छ।

नेपालभ्युज

समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने काम रातभरि चल्यो, ४८ दलको निवेदन

काठमाडौं। मंसिर ४ मा हुने चुनावका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने काम सकिएको छ। आइतबार र सोमबार दुई दिन समय दिइए पनि मंगलबार बिहान ५ बजे मात्रै सकिएको आयोगले जनाएको छ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत ठूला दल  साेमबार अपराह्नपछि मात्रै निर्वाचन आयोग पुग्दा बन्दसूची रूजु गर्नेलगायत काम रातभरि लागेको आयोगले जनाएको छ।

निर्वाचन आयोगले दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार दुई दिन समय दिएको थियो। तर पहिलो दिन, आइतबार जम्मा २ दलले मात्रै उम्मेदवारको बन्दसूची बुझाएका थिए।

प्रतिनिधि सभातर्फ समानुपातिक निर्वाचनमा भाग लिन ६८ वटा दलले निवेदन दिएका थिए। तर ४८ वटा दलले मात्रै बन्दसूची बुझाएका छन्। आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन भने २३ असोजमा गर्ने तालिका बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved