समानुपातिक सूची बुझाउने क्रम जारी, मुख्य दलका ठुला नेता पनि समानुपातिकमा

निर्वाचन आयोगका अनुसार बेलुकासम्म ४५ दलले सूची बुझाउन रसिद काटेका छन् । रसिद काटेका दलसँग रातभरी पनि सूची बुझ्ने आयोगको तयारी छ । 

नेपालभ्युज

समानुपातिक सूची बुझाउने क्रम जारी, मुख्य दलका ठुला नेता पनि समानुपातिकमा

काठमाडौं । आगामी निर्वाचनका लागि दलहरुले समानुपातिक तर्फको बन्दसूची बुझाउने क्रम जारी छ । मुख्य तीन दलले सूची बुनाएका छन् ।

निर्वाचन आयोगमा सूची बुझाउन दलहरु लाम लागेका छन् । निर्वाचन आयोगका अनुसार बेलुकासम्म ४५ दलले सूची बुझाउन रसिद काटेका छन् । रसिद काटेका दलसँग रातभरी पनि सूची बुझ्ने आयोगको तयारी छ ।

बेलुकासम्म करिब एक दर्जन दलले सूची बुझाइसकेका छन् । आयोग परिसरमा प्रवेश गरेर रसिद काटेका दलको सूची बुझ्ने आयोगले जनाएको छ ।

नेपाली कांग्रेसबाट प्रधानमन्त्री एवं  सभापति शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवा पनि समानुपातिक सूचीमा छन् ।  यस्तै बिमलेन्द्र निधि, डा. प्रकाश शरण महत, गोपालमान श्रेष्ठ, सहमहामन्त्रीद्वय जीवन परियार, फरमुल्लाह मन्सुर, अम्बिका बस्नेत लगायतका नेता समानुपातिक सूचीमा छन् ।

नेकपा एमालेबाट रघु जी पन्त, गोरख बोगटी, नैनकला थापा लगायतलाई बन्द सूचीमा राखिएको छ । कुनै पनि पदाधिकारी सूचीमा राखिएको छैन ।

नैनकला उपाध्यक्ष रामबहादुर थापाकी पत्नी हुन् । एमालेले साँझ निर्वाचन आयोगमा ११० जनाको सूची बुझाएको छ ।

माओवादीले ११० जनाको सूची आयोगमा बुझाएको छ । ति मध्ये पाँचजना नेपाल समाजवादी पार्टीका ५ जना रहेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

उनका अनुसार माओवादीको सूचीमा विगतमा समानुपातिक सांसद भइसकेका परेका छैनन् । यस्तै राष्ट्रियसभामा एक कार्यकाल पुरा गरिसकेका, संविधानसभामा रहेका र स्थानीय तहको चुनावमा पराजित भएकालाई पनि सूचीमा नराखेको पुनले बताए ।

माओवादीको सूचीमा नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठ लगायत छन् । सूची केही हेरफेर हुन सक्ने भएकाले अहिले सबै नाम खुलाईएको छैन ।

नेकपा एकीकृत समाजवादीले पनि समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा पेस गरेको छ । उसको सूचीको पहिलो नम्बरमा उपमहासचिव गंगालाल तुलाधरको नाम छ ।

त्यसवाहेक उपाध्यक्ष प्रमेश हमाल, सचिव नागेन्द्र चौधरी, रामचन्द्र यादव, सावित्रा भुसाल, श्रीप्रसाद साह, भवेश्वर पराजुली लगायत पनि समानुपातिक सूचीमा छन् ।

जसपा, लोसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, राप्रपा नेपाल लगायतका दलले पनि सूची बुझाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved