डिसहोममा रिचार्ज गर्दा धनकुटाका सन्तबहादुरले जिते एक लाख रुपैयाँ

नेपालभ्युज

डिसहोममा रिचार्ज गर्दा धनकुटाका सन्तबहादुरले जिते एक लाख रुपैयाँ

काठमाडौं। डिसहोममा १ वर्षको रिचार्ज गरेका पाखृवास न पा २ धनकुटाका सन्त बहादुर राना मगरले एक लाख रूपैयाँ जितेका छन् । सन्तबहादुरले भारद्वाज इन्टरप्राइजेज डिलर अन्तर्गत रहेको केधान १० का योगेश इलेक्टोनिक्स पाखृवासका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर लक्कि ड्र मार्फत साे रकम पाएका हुन् ।

डिसहोमको तर्फबाट सेल्स अफिसर मनोज रिजालले विजेता सन्त बहादुरलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । विजेता मगरलाई बधाई दिँदै सम्पूर्ण डिसहोम डीटीएच।का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

ग्राहकले १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजनाअन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै, यो अफर अन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत एक लाख रुपैयाँ जित्ने अवसर पाउनेछन् ।

लक्की ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved