समानुपातिक उम्मेदवारको बन्दसूची बुझ्न आयोगलाई भ्याइनभ्याई, अझै गएनन् ठूला दल

हिजो र आज दुई दिन बन्दसूची बुझाउने समय दिइए पनि धेरैजसो दलहरू सोमबार दिउँसोपछि मात्रै आएपछि आयोगलाई धपेडी छ। अझै ठूला दलहरू बन्दसूची बुझाउन आयोग पुगेका छैनन्।

नेपालभ्युज

समानुपातिक उम्मेदवारको बन्दसूची बुझ्न आयोगलाई भ्याइनभ्याई, अझै गएनन् ठूला दल

काठमाडौं। ४ मंसिरमा हुने संसदीय निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझ्न निर्वाचन आयोगका कर्मचारी तथा पदाधिकारीलाई भ्याइनभ्याई छ। हिजो र आज दुई दिन बन्दसूची बुझाउने समय दिइए पनि धेरैजसो दलहरू सोमबार दिउँसोपछि मात्रै आएपछि आयोगमा धपेडी छ। अझै ठूला दलहरू भने सूची बुझाउन आयोग कार्यालय पुगेका छैनन्।

प्रमुख ठुला राजनीतिक दलहरू आयोग नपुगे पनि केही साना दलले सूची बुझाइरहेका छन्।

यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रमुख दलहरू समयमै आयोगमा सूची लिएर नपुगेपछि व्यङ्ग्य गरेका छन्। ‘सम्भवतः भोलि बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्था महसुस गरिरहेको’ उनले बताए।
थपलियाले सञ्चारकर्मीसँग भने ‘‘विगतको समेत अनुभवलाई हेर्दा सम्भवतः भोलि बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्थाको महसुस भइरहेको छ।’’

आयोग परिसरमा आएका सब राजनीतिक दलहरूको काम नसक्दासम्म आयोगका पदाधिकारी तथा कर्मचारीहरू नजाने भएकाले ५ बजेभित्र आइदिए सजिलो हुने उनले बताए।

दोस्रो दिन अहिलेसम्म (दिउँसो ३ बजेसम्म) ठुला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दल अझै गएको छैन। तर ठुला दलहरूले अझै नामावली तयार गरिनसकेकाले बुझाउन गएका छैनन्। उनीहरूलाई साँझसम्मको समय लाग्न सक्ने देखिएको छ। निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउनका लागि आज सोमबारसम्मको समयावधि तोकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved