चार दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची

नेपालभ्युज

काठमाडौं। ४ मंसिरमा हुने संसदीय निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने दोस्रो दिन अहिलेसम्म (सवा दुई बजे)सम्म थोरै मात्र दलहरू निर्वाचन आयोगमा पुगेका छन्। निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउनका लागि आज सोमबारसम्मको समयावधि तोकेको छ। तर, ठूला दलहरूले अझै नामावली तयार गरिनसकेकाले बुझाउन गएका छैनन्। उनीहरूलाई साँझसम्मको समय लाग्न सक्ने देखिएको छ।

यसअघि, पहिलो दिन हिजो नेपाल समावेशी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्। यस्तै,  तराई मधेश लोकतान्त्रिक पार्टीसहित तीन दलले प्रदेश समानुपातिक उम्मेदवारको बन्द सूची आयोगमा बुझाएका थिए। प्रदेशको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने दलमा किरात खम्बुवान् पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र ताम्सालिङ पार्टी थिए।

किराँत खम्बुवान् पार्टीले प्रदेश १ को बन्दसूची बुझाएको छ। तराई मधेस लोकतान्त्रिक पार्टीले मधेस प्रदेश र ताम्सालिङ पार्टीले बाग्मती प्रदेशको बन्दसूची बुझाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved