कञ्चनपुरमा तीनजनाको शव भेटियो

नेपालभ्युज

कञ्चनपुरमा तीनजनाको शव भेटियो

धनगढी । कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव सडेको अवस्थामा भेटिएको छ ।

लालझाडी गाउँपालिका-१ को उखुबारीमा दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ । दुवै शव कुहिएकाले चिन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

यस्तै र पुनर्वास् नगरपालिका-१० को दोदा नदी नजिकै अर्को एउटा शव फेला परेको छ ।

तीन मध्ये दुईवटा कंकाल नै बनिसकेको र एउटा सडेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । चुराका आधारमा एउटा शव महिलाको भएको अनुमान गरिएको छ ।

शव पहिचानका लागि डीएनए परीक्षणको तयारी गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved