टीभीएसद्वारा सुर्खेतमा ३५ जना राइडरका साथमा एओजी राइडको आयोजना

नेपालभ्युज

टीभीएसद्वारा सुर्खेतमा ३५ जना राइडरका साथमा एओजी राइडको आयोजना

काठमाडौं । लोकप्रिय दुई पांग्रे सवारी साधन कम्पनी टीभीएसले सुर्खेत जिल्लामा ‘आपाचे ओनर ग्रुप’ (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ । असोज १ गते, सुर्खेतदेखि वीरेन्द्रनगर १४ को स्टे होटल भ्याली भ्युसम्म आयोजित उक्त राइडअन्तर्गत ३५ जना राइडरले सहभागिता जनाएका थिए ।

कार्यक्रमअन्तर्गत राइडमा, भ्लगर प्रज्ज्वल बस्नेत र रूपेश विकलगायतको सहभागिता थियो । उनीहरूले सुर्खेतमा टिभिएसको नेतृत्वमा यसपटक राइड आयोजना भएकोमा खुसी व्यक्त गरे ।

उनीहरूले राइडका क्रममा सडक सुरक्षासम्वन्धी थप जानकारीसमेत मिलेको बताए । कार्यक्रमा मन्तव्य राख्दै विकले भने, ‘यो हाम्रो लागि गर्वको कुरा हो । पश्चिम नेपालको सुर्खेतमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेको छु ।’

टिभिएसले हालसम्म एओजी राइड कार्यक्रमअन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी च्यापटर, धनगडीमा सम्पन्न गरिसकेको छ । यो अभियानमा सहभागीहरूले यसलाई मनपराएको पाइएको छ । यो कार्यक्रम आगामी समय बाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved