नेप्से लगातार ओरालो, आइतबार ३४ अंकको गिरावट हुँदा १ अर्ब ६० करोडको कारोबार

नेपालभ्युज

नेप्से लगातार ओरालो, आइतबार ३४ अंकको गिरावट हुँदा १ अर्ब ६० करोडको कारोबार

काठमाडौं।  सेयर बजार परिसूचक नेप्से आइतबार पनि ओरालो लगेको छ । झण्डै ३४ अंकको गिरावट आएको छ । केही दिनयता लगातार ओरालो यात्रामा रहेको नेप्सेमा यस दिन ३३.९७ अंकले गिरावट आउँदै १८७६.४१ विन्दुमा झरेको हो ।

आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ६.०४ अंकले घट्दै ३६५.८६ विन्दुमा ओर्लिएको छ भने  १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बराबरको ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर कारोबार भएको छ ।

१३ वटा उपसूचक नै ऋणात्मक भएको बजारमा आज सबैभन्दा बढी ट्रेडिङ समूहको उपसूचक ३.२४ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक ३.०९ प्रतिशतले घट्न पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved