प्रभु बैंक लिमिटेड र गुर्जुधारा डेन्टल केयर प्रालिबीच छुटसम्बन्धी सम्झौता

नेपालभ्युज

प्रभु बैंक लिमिटेड र गुर्जुधारा डेन्टल केयर प्रालिबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं। प्रभु बैंक लिमिटेड र गुर्जुधारा स्थित गुर्जुधारा डेन्टल केयर प्रालिबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गुर्जुधारा शाखा कार्यालय प्रमुख श्री सुवीर घले र गुर्जुधारा डेन्टल केयर प्रा. लि का तर्फबाट प्रबन्ध निर्देशक डा. विनय भण्डारीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त डेन्टल क्लिनिकबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले गुर्जुधारा डेन्टल केयर प्रा. लि द्धारा सञ्चालित “साधारण दन्त उपचार” सेवामा १५ प्रतिशत र “जटिल दन्त उपचार” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ।

उक्त सम्झौता अन्तर्गत गुर्जुधारा डेन्टल केयर प्रा. लि. मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, गुर्जुधारा डेन्टल केयर प्रा. लि. का उल्लेखित सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरू लाभान्वित हुने भन्ने बैंकले विश्वास लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved