आइएमई मोटर्सले लोन मेलाको आयोजना गर्ने

नेपालभ्युज

आइएमई मोटर्सले लोन मेलाको आयोजना गर्ने

काठमाडौं। आइएमई मोटर्सद्वारा प्रवर्द्धित अशोक लेल्याण्डले ग्राहकहरूलाई लक्षित गरी लोन मेला आयोजना गर्ने भएको छ । काठमाडौं, नेपालगन्ज, जीतपुर, इटहरी र बर्दिबासमा असोज २ गतेदेखि ४ गतेसम्म र बिर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ गतेदेखि ७ गतेसम्म गरी दुई चरणमा सम्पन्न हुने कम्पनीले जनाएको छ । ।

ग्राहक लक्षित अफरमा फाइनान्स सुबिधा पनि कम्पनीले आफ्ना ग्राहकहरूलाई दिँदै आइरहेको छ । साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरूमा यो सुविधा उपलब्ध हुनेछ । नेपालभरका सम्पूर्ण शाखाहरूबाट यो सुविधा लिन सकिने कम्पनीले जनाएको छ । मेलामा अशोक लेल्याण्ड गाडीहरूका लागि कम ब्याजदरमा अधिकतम् फाइनान्स सुविधासहित स्थलगत निर्णय गरिन्छ ।

आइएमई मोटर्सले विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बससहित साना तथा ठूला कमर्सियल गाडीहरू बिक्रि वितरण गर्दै आएको छ । साथै, आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरू पनि उपलब्ध गराउँदै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved