नुहाउँदा बेपत्ता भएका शिक्षक शिवाकोटीको २२ घण्टापछि उद्धार

नेपालभ्युज

नुहाउँदा बेपत्ता भएका शिक्षक शिवाकोटीको २२ घण्टापछि उद्धार

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा हराएका शिक्षक केशव शिवाकोटीको २२ घण्टापछि उद्धार गरिएको छ । दोलखाको कालिञ्चोक ३ स्थायी घर भएका शिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको हो ।

शिक्षक शिवाकोटी ढुंगामा अडि्कएको अवस्थामा फेला परेका थिए । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार भीरबाट शिवाकोटीको आवाज आएपछि उद्धारको पहल थालिएको थियो ।

शिवाकोटी शनिबार पौडी खेल्ने क्रममा हराएका थिए । ’ठूलो पानी परेको भए राति नै बगाउन सक्थ्यो, तर खोलाको सतह नबढेकाले उहाँ ढुंगामै अडि्करहनुभएको रहेछ, शेर्पाले भने, ‘२२ घण्टापछि सेनाको सहयोगमा उहाँलाई उद्धार गर्‍यौं।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved