प्रदीपले किन मागे भुवन केसीको राजीनामा ?

नेपालभ्युज

काठमाडौं । अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् ।

बोर्डले राती ११ बजेपछि हल सञ्चालन गर्न नपाइने र आवश्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान अगाडि सारेको भन्दै खड्काले अध्यक्ष केसीको राजीनामा मागेका हुन् ।

शनिबार आयोजित एक कार्यक्रममा प्रदीपले ‘प्रेमगीत ३’ लाई लक्षित गर्दै भुवन र निर्माता संघले उक्त नियम ल्याएको आरोपसमेत लगाएका छन् । ‘स्वविवेक प्रयोग नगर्ने, अरुबाट परिचालित हुने व्यक्ति त्यो ठाउँमा बस्न लायक छैन’ उनले भनेका छन् । उनले केही समय अगाडि ‘प्रेमगीत ३’ लाई चलचित्र विकास बोर्डले गरेको सम्मान पनि देखाउने दाँत मात्र भएको तर्क राखे ।

आफू अझै पनि १०–२० वर्ष यही क्षेत्रमा रहने बताएका प्रदीपले भुवन केसीलाई विकास बोर्डबाट फर्किनु छैन र भनेर प्रश्न समेत गरे । उनले अगाडि थपे– ‘विकास बोर्ड कसैको व्यक्तिगत जागिर खाने ठाउँ हो र ? राजा त हटाए भने विकास बोर्डको जागिर स्थायी हो र ? उहाँलाई त्यहाँबाट निस्कनु छैन र ?’

प्रदीपले चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले देशद्रोहको मुद्दा लगाउनुपर्ने भनेर दिएको अभिव्यक्तिमा पनि आपत्ति जनाए । सोही कारण उनले निर्माता संघको समानान्तर अर्को संघ खोल्ने चेतावनी समेत दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved