पश्चिम सुर्खेतका बस्तीमा बाढी

नेपालभ्युज

पश्चिम सुर्खेतका बस्तीमा बाढी
फाइल तस्वीर

काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सुर्खेतको पश्चिम क्षेत्रका धेरै ठाउँमा क्षति पुर्‍याएको छ । जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो ।

चौकुने गाउँपलिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरमा क्षति पुर्‍याएको छ भने एउटा भैँसी पुरिएको छ । चौकुनेकै वडा नं ९ रागमाविद्यापुर खोलाबाट आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए ।

उनका अनुसार उक्त स्थानमा करिब १० घरमा क्षति पुगेको छ । वडा नं २, ३, ४ र १० का केही बस्तीमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ । चौकुने–२ मा एक, वडा नं ४ मा दुई घरमा क्षति भएको छ । वडा नं ३ गोभ्रामा आएको पहिरोले सात घर उच्च जोखिममा रहेका छन् भने बेतानखोलबाट आएको बाढीले तीन सय रोपनी खेत बगरमा परिणत भएको छ । यस्तै चौकुने–१० घाटगाउँमा आएको बाढीले पनि दर्जनौँ घरमा क्षति पुर्‍याएको छ ।

गाउँपालिका अध्यक्ष विकले बाढीमा परेर हालसम्म कुनै मानवीय क्षति नभएको जानकारी दिए । उनले बाढीबाट प्रभावित स्थानीयलाई उद्धार गरेर सुरक्षित स्थानमा सार्ने र पाल तथा खाद्यान्नको व्यवस्थापन गरिरहेको र पीडितलाई थप आवश्यकतानुसारको राहत वितरण गर्ने तयारी रहेको बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved