डा केसीसँग सरकारले आइतबार वार्ता गर्ने

नेपालभ्युज

काठमाडौं । चिकित्साशिक्षा क्षेत्रमा सुधारको माग राख्दै अनसन बसेका डा‍. गोविन्द केसीसँग सरकारले आइतबार वार्ता गर्ने भएको छ । केसीका मागबारे छलफल गर्न सरकारले वार्ता टोली गठन गरेपनि अहिलेसम्म वार्ता हुन सकेको छैन ।

उनका सहयोगी डा. अमृत जैसीका अनुसार सरकारले शनिबार वार्ता गर्ने भनेपनि वार्ता टोलीका सदस्य रहेका शिक्षा सचिव उपत्यका बाहिर गएकाले वार्ता नभएको हो । सरकार पक्षले भोलि बिहान १० बजे वार्ताका लागि बोलाएको उनले जानकारी दिए   ।

गत सोमबारदेखी अनसनरत डा केसीको  स्वास्थ्य अवस्था स्थिर रहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि  उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

उनले आफूले उठाएका माग सम्बोधन गर्न सरकार तयार नभएसम्म ज्यान जोखिममा रहेपनि कुनै औषधी प्रयोग नगर्ने अडान यथावत राखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved