माधव र विद्यालाई बालेनको प्रश्न- कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?

नेपालभ्युज

माधव र विद्यालाई बालेनको प्रश्न- कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले राष्ट्रपति विद्या भण्डारी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई तीनकुनेको पार्कलाई लिएर गम्भीर प्रश्न गरेका छन् ।

शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा तीनकुने पार्कको तस्बिर पोस्ट गर्दै मेयर शाहले नेताद्वयलाई प्रश्न गरेका हुन् । ‘आदरणीय माधव नेपालज्यु तथा सम्माननीय राष्ट्रपतिज्यु, प्रधानमन्त्री बन्नु भयो, राष्ट्रपति बन्नुभयो’ उनले सोधेका छन्, ‘आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैंले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानुहुन्छ ?’

बालेनले चेतावनीको भाषामा अगाडि लेखेका छन्, ‘अझै दुई महिना छ, सरकार तपाईंकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved