चुनाव नजिकिँदै गर्दा सुदूरपश्चिममा नियुक्त गरियो २ राज्यमन्त्री

नेपालभ्युज

चुनाव नजिकिँदै गर्दा सुदूरपश्चिममा नियुक्त गरियो  २ राज्यमन्त्री

काठमाडौं  ।  नजिकिँदै गएको चुनावलाई बेवास्ता गर्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले २ राज्यमन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री भट्टले आर्थिक मामिला राज्यमन्त्री र  भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गरेका हुन् । आर्थिकमा  नेकपा एकीकृत समाजवादीका बलबहादुर सोढारी र भौतिकमा सुशीला बुढाथोकीलाई नियुक्त गरेको सुदूरपश्चिम सरकारका प्रवक्ता रणबहादुर रावलले जानकारी दिए ।

सेढारी र बुढाथोकी दुवै जनाले पद तथा गोपनियताको सपथ पनि लिइसकेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved