फेरि घटेर आयो इन्धनको मुल्य, तर घाटामै रहेको आयल निगमको दाबी

नेपालभ्युज

फेरि घटेर आयो इन्धनको मुल्य, तर घाटामै रहेको आयल निगमको दाबी

काठमाडौं । भारतबाट पछिल्लो पटक इन्धनको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । आज शुक्रबार भारतले पठाएको नयाँ मूल्यमा डिजेल, पेट्रोल र हवाई इन्धनको भाउ घटेको छ ।

डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटर घटेको हो । भारतले मुल्य घटाए पनि निगमले भने समायोजन गर्ने/नगर्नेबारे कुनै निर्णय गरेको छैन ।

नयाँ मूल्यअनुसार निगमलाई पेट्रोल र हवाइ इन्धनमा नाफा छ । डिजेल र ग्यासमा भने अझै घाटा रहेको निगमले जनाएको छ । समग्रमा मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमको दाबी छ । भारतले लगातार चौथो पटक इन्धनको मुल्य घटाएर पठाएको हो ।

यसअघि तीन पटकसम्म घटेर आउँदा पनि निगमले समायोजन गरेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved