सेती अस्पतालले भन्यो-‘अनसनरत डा. गोविन्द केसीको अवस्था जटिल बन्दै छ’

अस्पतालले शुक्रबार जारी गरेको बुलेटिनमा पोषण तत्त्व र पानीको मात्रा कम भई जटिलता बढ्दै गएको उल्लेख छ। डा. केसी ५ दिनअघि धनगढी पुगेर २० औँ पटक अनशनमा बसेका थिए। स्वास्थ्य अवस्थामा जटिलता देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।

नेपालभ्युज

सेती अस्पतालले भन्यो-‘अनसनरत डा. गोविन्द केसीको अवस्था जटिल बन्दै छ’

काठमाडौं। चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर गएको छ। डा केसीको अवस्था जटिल बन्दै गएको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले जनाएको छ।

अस्पतालले शुक्रबार जारी गरेको बुलेटिनमा पोषण तत्त्व र पानीको मात्रा कम भई जटिलता बढ्दै गएको उल्लेख छ।

डा. केसी ५ दिनअघि धनगढी पुगेर २० औँ पटक अनशनमा बसेका थिए। स्वास्थ्य अवस्थामा जटिलता देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।

अस्पतालले सम्भावित जटिलता भन्दै ‘शरीरमा पोषण तत्त्व र पानीको असन्तुलनले बेहोस हुने सक्ने, कम्पन हुन सक्ने (सिजर), रोगसँग लड्न सक्ने क्षमता कम भई विभिन्न संक्रमण हुन सक्ने, मुटुको धड्कन, श्वासप्रश्वास र रक्तचाप गडबड भई अङ्ग र प्रणाली खराबी हुन सक्ने वा ज्यान जोखिममा पर्न सक्ने’ उल्लेख गरेको छ।

 

 

यसैबीच स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले डा.गोविन्द केसीका माग प्रति गम्भीर भएको बताएका छन् । राज्यमन्त्री केसीले अभियन्ताले उठाएका मागबारे गहन छलफल भइरहेको बताएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved