सौर्य एयरको जहाज ल्यान्ड गर्न लाग्दा एयरपोर्टको धावन मार्गमा स्याल छिरेपछि…

जब विमानले ल्यान्डिङको लागि उचाइ घटाउँदै थियो त्यति नै बेला स्याल धावनमार्गमा कुदयाे। स्याललाई देखेपछि एयर ट्राफिकले जहाजका चालक दलका सदस्यलाई एकैछिन होल्ड गर्न आग्रह गरे। ल्यान्डिङको लागि उचाइ घटाइसकेको विमानले फेरि उचाइ लियो। दुई मिनेटपछि जहाज सुरक्षित ल्यान्ड गराइयो।

नेपालभ्युज

सौर्य एयरको जहाज ल्यान्ड गर्न लाग्दा एयरपोर्टको धावन मार्गमा स्याल छिरेपछि…

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अनधिकृत व्यक्ति प्रवेश गरेको खबर गत फागुनमा सुनिएको थियो। तर, अहिले भने विमानस्थलमा स्याल नै छिरेको छ। घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नभई धनगढी विमानस्थलको हो।

शुक्रबार मध्यान्न १ बज्नै लाग्दा धनगढी विमानस्थलको धावनमार्ग (रन वे) मै स्याल कुदयाे। संयोग कस्तो भने त्यति नै बेलामा सौर्य एयरलाइन्सको जहाजले ल्यान्ड हुनै लागेको थियो। ११ः५५ मा काठमाडौंबाट धनगढी उडेको जहाज १२ः५५ मा धनगढी विमानस्थलको आकाशमा पुगेको थियो।

जब विमानले ल्यान्डको लागि उचाई घटाउँदै थियो त्यति नै बेला स्याल धानवमार्गम कुदेको धनगढी विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले बताए। स्याललाई देखेपछि एयर ट्राफिकले जहाजका चालक दलका सदस्यलाई एकैछिन होल्ड गर्न आग्रह गरे। ल्यान्डिङको लागि उचाइ घटाइसकेको विमानले फेरि उचाई लियो।

अन्य प्राविधिक समस्या नभए पनि रनवेमा स्याल प्रवेश गरेका कारण जहाजले आकाशमा केही फन्को मार्नुपरेको विमानस्थल कार्यालयका निमित्त प्रमुख जोशीले बताए। दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved