गर्मीमा पनि पिउन मिल्ने खुकुरी रम बजारमा, ‘खुकुरी ह्वाइट रम’मा आइस हालेर पिउन सकिने

दुई वर्षभन्दा बढी समय लगाएर बनाइयो

यसलाई बरफ (आइस) हालेर वा कोला तथा जुसजस्ता मिक्सरहरूसँग पनि पिउन सकिने कम्पनीले उल्लेख गरेको छ । ककटेल बनाउन पनि यसलाई सहजै प्रयोग गर्न सकिने जनाइएको छ ।

नेपालभ्युज

गर्मीमा पनि पिउन मिल्ने खुकुरी रम बजारमा, ‘खुकुरी ह्वाइट रम’मा आइस हालेर  पिउन सकिने

काठमाडौं। नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दी नेपाल डिस्टिलरिज’ले आफ्नो उत्पादन खुकुरी ब्रान्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको छ ।

यसअघि ‘खुकरी ट्रिपल एक्स रम’ र ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको कम्पनीको यो तेस्रो उत्पादन हो। ‘खुकुरी ह्वाइट रम’ एक स्पष्ट पारदर्शी रम भएकाले यसले गर्मीयामका पेयहरूको माग पूरा गर्ने कम्पनीले जनाएको छ । यसलाई बरफ (आइस) हालेर वा कोला तथा जुसजस्ता मिक्सरहरूसँग पनि पिउन सकिने कम्पनीले उल्लेख गरेको छ । ककटेल बनाउन पनि यसलाई सहजै प्रयोग गर्न सकिने जनाइएको छ ।

कम्पनीले नेपालको मौलिक स्वादलाई कायमै राखेर खुकुरीको ह्वाइट रम तयार गर्न दुई वर्षभन्दा बढी समय लगाएको जनाइएको छ । ह्वाइट रमलाई विश्वस्तरीय तरल पदार्थका रूपमा विकास गर्नुअघि व्यापक परीक्षण र प्रतिक्रियाका शृङ्खलाहरू सञ्चालन गरिएको कम्पनीको दाबी छ ।
खुकुरी रमको ब्रान्ड पोर्टफोलियोमा विश्वस्तरीय ह्वाइट रम थपिएकोमा आफूलाई गर्व महसुस भएको ‘दी नेपाल डिस्टिलरिज’का महाप्रबन्धक सुभाष लामिछानेले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved