बानेश्वरको बेसमेन्टमा बालेनको डोजर (फोटोहरू)

पसलेले अन्डरग्राउन्डका पसल हटाएपनि घरधनीले पार्किङ संचालन गरेका थिएनन् । अन्डरग्राउन्ड पस्ने खुड्किला नभत्काएपछि महानगरले डोजर लगाएको हो ।

नेपालभ्युज

बानेश्वरको बेसमेन्टमा बालेनको डोजर (फोटोहरू)

काठमाडौं। शुक्रबार बिहानै काठमाडौं महानगरपालिकाको डोजर नयाँ बानेश्वर क्षेत्रमा पुग्यो। बिहीबारदेखि जय नेपाल हलमुनीको टुकुचा खोला खोतल्न थालेको डोजर शुक्रबार बिहान बानेश्वर पुग्नुको कारण थियो बेसमेन्ट पार्किङ कार्यान्वयन गराउनु।

दुई साताअघि सुन्धाराबाट न्युरोड, दरबारमार्ग हुँदै बानेश्वरसम्म डोजर चलाइए पनि कतिपय ठाउँमा बेसमेन्ट पार्किङ कार्यान्वयन भएको थिएन। पसलेले अन्डरग्राउन्डका पसल हटाएपनि घरधनीले पार्किङ संचालन गरेका थिएनन् ।

उनीहरूले अन्डरग्राउन्ड पस्ने खुड्किला नभत्काएपछि महानगरले डोजर लगाएको हो । डोजरले संसद भवन अगाडी ‘जीशप’ रहेको भवनको बेसमेन्टका खुड्किला भत्काएको छ।

महानगरले जारी गरेको ३५ दिने सूचनाको म्याद सकिएपछि मेयर बलेन्द्र शाहसहित वडाध्यक्ष र सदस्यको टोलीले यसअघि बानेश्वर क्षेत्रमा बेसमेन्टमा पार्किङ संचालन गर्न निर्देशन दिएको थियो । हेर्नुहोस केही तस्वीर:


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved