११ अर्बले घट्यो रेमिट्यान्स

नेपालभ्युज

११ अर्बले घट्यो रेमिट्यान्स

काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को सुरुको महिना साउनमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको थियो। विभागले गत आर्थिक वर्ष २०७८/०७९ को सोही अवधिको तुलनामा रेमिट्यान्स २०.३ प्रतिशतले बढेको जनाएको छ ।

२०७८ साउनको तुलनामा रेमिट्यान्स बढेको भए पनि गत महिनाको तुलनामा भने साउनमा रेमिट्यान्स घटेको छ । २०७८ असारमा १ खर्ब ३ अर्ब १३ करोड रेमिट्यान्स प्राप्त भएकोमा साउनमा करिब ११ अर्बले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

यस्तै, अमेरिकी डलरमा २०७८ साउनको तुलनामा २०७९ साउनमा रेमिट्यान्स १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख डलर पुगेको राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved