तानसेन-बुटवल सडक एकतर्फी खुला

नेपालभ्युज

तानसेन-बुटवल सडक एकतर्फी खुला
फाइल तश्वीर

पाल्पा। वर्षासँगै पहिरो खसेपछि अवरुद्ध सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड एकतर्फी खुला भएको छ । सडक भिडिजन कार्यालयको पहलमा पहिरो हटाएर एकतर्फी सडक खुलाइएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लका अनुसार ढुंगा पन्छाएर हालका लागि एकतर्फी सवारी पास गरिएको र दुईतफी सडक खुलाउने पहल भइरहेको छ ।

यस्तै, सोही राजमार्गको बर्तुङ्ग राम्दी सडक खण्ड अन्तरगत रम्भा ३ को सेरामा भने हालसम्म पनि सडक अवरुद्ध छ । लेदोसहितको पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

राजमार्गको तिनाउ ५ स्थित हिउँदे खोलामा पुनः सडक भासिएको छ । यसअघि पूर्णरूपमा सडक भासिएर बनाइएको नयाँ डाइभर्सनन पनि केही भासिएको र निरन्तर पानी परेमा माथिबाट समेत पहिरो खस्ने जोखिम रहेको ट्राफिक प्रमुख मल्लले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved