असोजदेखि बैंकहरूले आफै ब्याजदर तोक्न पाउने

नेपालभ्युज

असोजदेखि बैंकहरूले आफै ब्याजदर तोक्न पाउने

काठमाडौं। आगामी असोज १ गतेदेखि बैंकहरूले आफै‌ले ब्याजदर तोक्ने भएका छन् । नेपाल बैंकर्स संघको बिहीबारको बैठकले ब्याजदर निर्धारणको अधिकार बजारलाई नै छाड्ने निर्णय गरेको हो ।

वाणिज्य बैंकहरूको ब्याजदर निर्धारणको अधिकार बजारलाई नै छाडिदिने निर्णय भएको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले जानकारी दिए । यसअघि वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले भद्र सहमति गर्दै ब्याजदर तोक्ने गरेका थिए ।

करिब ७ महिनादेखि संघको निर्णयमा मात्र ब्याजदर निर्धारण गर्दै आएका बैंकहरुले अब आफूखुसी ब्याजदर तोक्न पाउने भएपछि हालको ब्याजदरमा केही प्रतिशत बढ्न सक्ने देखिएको छ ।

हाल वाणिज्य बैंकहरूबीचको भद्र सहमतिमा निक्षेपको ब्याजदर अधिकतम ११.०३ प्रतिशत कायम रहेको छ । तर, असोजका लागि ब्याजदर निर्धारणको स्वःनिर्णय बैंकहरूलाई नै दिने भए पनि कम्तिमा १.५ प्रतिशतले ब्याजदर बढ्न सक्ने देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved