काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खानेलाई कडा कारबाही हुने

महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । यसको अवज्ञा गरेमा सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन ऐन अन्तरगत कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ ।

नेपालभ्युज

काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खानेलाई कडा कारबाही हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई अब कडा कारबाही गर्ने भएको छ ।

महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । यसको अवज्ञा गरेमा सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन ऐन अन्तरगत कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ ।

असोज १ गतेदेखि सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थको नसा लिने वा सेवन गर्ने कार्यमा निषेध गरिएको महानगरले जनाएको छ ।

महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गरी, नियम उल्लंघन गरेमा त्यस्ता व्यक्तिलाई  सार्वजनिक स्थलबाट बाहिर निकाल्ने चेतावनी समेत दिएको छ ।
कहाँ पाइदैन ?
होटल, मोटल, रिसोर्ट, रेष्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, लज, राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम वा स्वास्थ्य सम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालयमा अब सुर्तीजन्य पदार्थ सेवन गर्न पाइनेछैन ।
यस्तै उद्योग तथा कलकारखाना, चलचित्र घर, साँस्कृतिक केन्द्र तथा नाट्यशाला, होस्टेल तथा अतिथि गृह, रंगशाला, कभर्डहल, शारीरिक सुगठन, व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, डिपार्टमेन्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल र सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउन्टर पनि सार्वजनिक स्थल मानिन्छन् । त्यहाँ पनि यस्ता पदार्थ सेवन गर्न पाइनेछैन।

कस्तो छ कारबाहीको व्यवस्था ?

सार्वजनिक स्थलका व्यवस्थापकले धूमपान तथा सूर्ति सेवन गर्न नपाउने व्यहोराको सूचना सबैले देख्ने र पढ्न सक्ने गरी टाँस गर्नु पर्नेछ । त्यसो नगर्ने व्यवस्थापकलाई पाँच हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।

यदि कसैले सार्वजनिक स्थलमा धूमपान वा सुर्तीजन्य पदार्थ सेवन गरेमा व्यवस्थापकले ती व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रुपैयाँ जरिवाना तथा दुवै सजाय गर्न सक्ने कानुनी व्यवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved