बालबालिकालाई भविष्यको जिम्मेवार नागरिक बनाउन लागि परौं : प्रदेश प्रमुख शर्मा

बालबालिकालाई भविष्यको जिम्मेवार नागरिक बनाउन लागि परौं : प्रदेश प्रमुख शर्मा
फाइल फोटो

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले बुधबार मनाइएको  राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रमुख शर्माले बुधबार एक  शुभकामना सन्देश जारी गर्दै वर्तमानका साझेदार एवं भविष्यका कर्णधार मानिने बालबालिकालाई भोलिका दिनमा जिम्मेवार नागरिक बनाउन सम्बन्धित पक्ष लागि पर्नुपर्नेमा  जोड दिएका छन् ।

सन्देशमा नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेको दिनका अवसरमा  हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आइरहेको उल्लेख गरिएको छ।

‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित मनाइएको ५८ औं राष्ट्रिय बाल दिवसका सन्दर्भमा प्रमुख शर्माले  नेपालको संविधानले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता अधिकार व्यवस्था गरेको सन्देशमा उल्लेख गरेका छन् ।

‘बालबालिकाको सवालमा व्यवस्था गरिएका विभिन्न संवैधानिक तथा कानूनी प्रावधानहरूको स्थानीय, प्रदेश तथा संघ तीनै तहका सरकारबाट प्रभावकारी कार्यान्वयन हुनुपर्दछ,’ सन्देशमा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved