राष्ट्र बैंकले साट्न थाल्यो दशैंका लागि नयाँ नोट

नेपालभ्युज

राष्ट्र बैंकले साट्न थाल्यो दशैंका लागि नयाँ नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि नयाँ नोट साट्न थालेको छ । दशैं, तिहार र छठ पर्वका लागि भन्दै नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट नयाँ नोट साट्न थाले पनि उपत्यका बाहिर २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए ।

गतवर्ष जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाएका छन् । ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक/एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएको हो ।

नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालयका साथै बैंक तथा वित्तीय संस्थाहरूमा नयाँ नोट साट्न सकिने उनले बताए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved