डेङ्गुको प्रकोप बढ्दो छ, जाडो नपर्खौं : मेयर बालेन

नेपालभ्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख  बालेन  शाहले डेंगुको प्रकोप बढिरहेकोले जाडो नपर्खन अपिल गरेका छन् ।

डेंगुको प्रकोप नियन्त्रणका लागि महानगरले विशेष कार्यक्रम चलाइरहेको उल्लेख गर्दै उनले लामखुट्टेको टोकाइबाट बच्न सबैलाई आग्रह गरेका हुन् । ‘डेङ्गुको प्रकोप बढ्दो छ । घरघरमा डेङ्गुका बिरामीहरु बढिरहेका छन् । जाडो आएर डेङ्गु आफै जान्छ भनेर कसैले पनि जाडो नपर्खौँ,’ उनले लेखेका छन् ।

वडाको आकार अनुसार ठूला वडाहरूमा १ लाख, मध्यमका लागि ७५ हजार तथा साना वडाहरूमा ५० हजारका दरले बजेट छुट्याइएको मेयर शाहले मंगलबार साँझ एक स्टाटस अपडेट गर्दै जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved