मुगुमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, तीनजना पक्राउ

नेपालभ्युज

मुगुमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, तीनजना पक्राउ

सुर्खेत । मुगुमा १६ बर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

छायाँनाथ-रारा नगरपालिका–१३ लुमगाउँ नजिकै २३ भदौको राति १२ बजेतिर तीन जना युवाले ति किशोरीको सामूहिक बलात्कार गरेका हुन् ।

पीडितको उजुरीका आधारमा बलात्कार आरोपमा तीनजना पक्राउ परेका छन् । छायाँनाथ रारा नगरपालिका–४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका–३ रकुका स्थायी घर भई हाल छायाँनाथ रारा नगरपालिका–१४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशी र १३ वर्षीय बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

आरोपितलाई जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved