मेयर साम्पाङले भने- आज अत्यन्तै खुसी छु म (भिडियोसहित)

नेपालभ्युज

621317413003631

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू अत्यन्तै खुसि भएको बताएका छन् । सोमबार साँझ फेसबुकमा भिडियो सहितको स्टाटस पोष्ट गर्दै आफू खुसी भएको बताएका हुन् ।
मेयर भएदेखीनै धराने जनतालाई पानी खुवाउनको लागी आफैं श्रमदानमा खटिएका मेयर साम्पाङले सोमबार शहरमा पानी ल्याइपुर्‍याएका हुन् । उनले सो कार्यमा संम्लग्न सम्पूर्ण सहयोगी, श्रमदाता तथा शुभचिन्तकहरुलाई  धन्यवाद समेत दिएका छन् ।

उनले लेखेका छन्- ‘आज अत्यन्तै खुसी छु म ! धराने जनतालाई सर्दु, खर्दु निशानेको पानी वितरण गर्न शहरमा पानी ल्याइपुराएकाछौँ ! सम्पूर्ण सहयोगी, श्रमदाता तथा शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद ! हामी जुट्नेछौँ ! यो देश माथि उठाउन हामी जुट्नेछौँ !’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved