सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, सिट बाँडफाँटको अन्तिम कसरत

प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सत्ता गठबन्धनमा सामेल पाँच दलका शिर्षस्थ नेता र कार्यदलका सदस्य सहभागी छन् । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँट मिलाउन कसरत भइरहेको सहभागी नेताले बताएका छन् । 

नेपालभ्युज

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, सिट बाँडफाँटको अन्तिम कसरत
फाइल तश्वीर

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेता सिट बाँडफाँट टुङ्गो लगाउन अन्तिम कसरतमा जुटेका छन् । नेताहरु सोमबार बिहानैदेखी छलफलमा छन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सत्ता गठबन्धनमा सामेल पाँच दलका शिर्षस्थ नेता र कार्यदलका सदस्य सहभागी छन् । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँट मिलाउन कसरत भइरहेको सहभागी नेताले बताएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शिर्ष नेतासहित ११ सदस्यीय कार्यदलका सदस्यबीच बिहान ८ बजेदेखि छलफल भएको हो । दिउँसोको खाना पनि बालुवाटारमै खाएर २ बजेबाट बैठक फेरि सुरु भएको छ ।

दलहरुको दाबी धेरै र सिट कम भएपछि सत्ता गठबन्धनमा कुरा मिल्न सकेको छैन । शैद्धान्तिक रुपमा कार्यदलले धेरै विषय मिलाए पनि केहीमा विवाद रहेको नेताहरु बताउँछन् । सोमबार बेलुकासम्म भए पनि बाँडफाँट टुङ्गो लगाउने प्रयास भइरहेको एक नेताले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved