अवैध रकम भारततर्फ लग्दै गर्दा सर्लाहीबाट दुईजना पक्राउ

नेपालभ्युज

अवैध रकम भारततर्फ लग्दै गर्दा सर्लाहीबाट दुईजना पक्राउ

जनकपुरधाम । नेपालबाट भारत तर्फ श्रोत नखुलेको नगद लग्दै गरेको अवस्थामा सर्लाहीबाट दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका ६ घर भई हाल काठमाडौं चन्दागिरी नगरपालिका १२ मा बस्ने ३५ वर्षीय जनकराज हमाल र धादिङको गल्छी गाउँपालिका ५ घर भई काठमाडौं १४ मा बस्ने २५ वर्षीय सुमन खतिवडा रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

उनिहरुलाई स्रोत खुल्न नसकेको १५ लाख १६ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल र भारतबाट खटेको एसएसबी सहितको टोलीले मलंगवा नगरपालिका ८ स्थित नेपाल भारत सिमाना एरियामा आवत जावत गर्ने सवारी साधन तथा मानिसहरुलाई रोकी चेकजाँच गर्ने क्रममा दुवैजनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए ।

प्रहरीका अनुनसार  बा ९८ प ७१५८ नम्बरको मोटरसाईकलमा दुवैजना सवार भइ नेपालबाट भारत तर्फ गइरहेकोमा उनीहरुको शरीर तथा झोला तलासी गर्दा श्रोत खुल्न नसकेको झोलाबाट १५ लाख नेपाली रुपैयाँ र ,साथबाट १६ हजार बरामद गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved