पिपरामा स्यालको टोकाईबाट ४ जना घाइते

पिपरामा स्यालको टोकाईबाट ४ जना घाइते
स्यालको टोकाईबाट घाइते रेणुकुमारी सदा

महोत्तरी ।  महोत्तरीको पिपरा गाउँपालिका-६ मा स्यालले टोकेर चार जना घाइते भएका छन् ।

पिपरा गाउँपालिका रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीय सोनावती सदा, १३ वर्षीय रेणुकुमारी सदा र ३५ वर्षीय पुनमदेवी सोनार घाइते भएका हुन् ।

एउटै स्यालले एकै पटक टोकेर चार जनालाई घाइते बनाएको हो । राति मात्रै गाउँ आसपास आउने स्याल दिउँसै गाउँमा पसेर मान्छेलाई टोक्न थालेपछि स्थानीय त्रसित भएका थिए ।

घाइते चार जनाकै जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved