प्रतिनिधि सभा निर्वाचन : दाङ-२ बाट महरासहित तीन जना सिफारिस

नेपालभ्युज

प्रतिनिधि सभा निर्वाचन : दाङ-२ बाट महरासहित तीन जना सिफारिस
फाइल फोटो

दाङ ।  नेकपा माओवादी केन्द्रले दाङ-२ बाट उपाध्यक्ष कृष्णबहादुर महरासहित तीन जनाको नाम सिफारिस गरेको छ।

प्रतिनिधि सभा निर्वाचनका लागि मा‌‌ओवादी केन्द्रले सो क्षेत्रबाट पूर्वमन्त्री रेखा शर्मा र दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको नाम पनि सिफारिस गरेको एक  केन्द्रीय नेताले जानकारी दिए।

यसअघि  २०७४ को निर्वाचनमा  महरा  वाम गठबन्धनको तर्फबाट निर्वाचित भएका थिए।

नेकपा एमालेले  यो क्षेत्रबाट महासचिव शंकर पोखरेललाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved