एकीकृत समाजवादीका नेता चापागाईं एमालेमा फर्किए

नेपालभ्युज

एकीकृत समाजवादीका नेता चापागाईं एमालेमा फर्किए

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बालकृष्ण चापागाईं नेकपा एमालेमा फर्किएका छन् ।

आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलले खादा र टिका लगाएर चापागाईंलाई पार्टीमा भित्र्याए ।  प्रेस चौतारीका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका चापागाईं लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल थिए ।

बुटवल निवासी चपागाईंलाई भित्र्याउन उपाध्यक्ष पौडेलले विशेष पहल गरेका थिए । चपागाईंले एकीकृत समाजवादी नेपाली कांग्रेस र माओवादी केन्द्रको पुच्छर मात्रै बनेकाले आफू एमालेमै फर्किएको दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved