कोरियामा रहेका मधेसी युवालाई प्रदेशमै लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

नेपालभ्युज

कोरियामा रहेका मधेसी युवालाई प्रदेशमै लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

जनकपुरधामा। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दक्षिण कोरियामा रहेका मधेसी युवालाई मधेसमा लगानी गर्न आग्रह गरेका छन्। मधेसी समाज दक्षिण कोरियाले आज आयोजना गरेको दक्षिण कोरियाबाट तराईमा हुन सक्ने लगानी सम्भाव्यतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा अनलाइनमार्फत प्रमुख अतिथिको रूपमा बोल्दै मुख्यमन्त्री राउतले सो आग्रह गरेका हुन् ।

मधेसमा लगानी गर्न सकिने क्षेत्रहरूमा कृषि, पर्यटन, उद्योग र शिक्षाको क्षेत्र बृहत् सम्भावना रहेको प्राथमिकतामा क्षेत्र रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले लगानीको वातावरण निर्माणमा गर्ने जिम्मेवारी प्रदेश सरकारको रहेको बताए।

उनले भने, “आफ्नो माटोप्रति तपाईहरूले देखाउनुभएको सदभाव अनुकरणीय छ । मधेश सरकारको तर्फबाट तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु । आउनुस् यहाँ लगानीको वातावरण हामी दिन्छौं । समृद्ध मधेस निर्माणको बाटोमा यहाँहरूको सहयोगको अपेक्षा हामीले गरेका छौं ।”

प्रदेश सरकारले उद्योग ऐनमार्फत लगानीको वातावरण सुनिश्चित गरिसकेको उनको कथन थियो। कार्यक्रममा दक्षिण कोरियामा रहेको १ सय भन्दा बढी युवाहरूको सहभागिता रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved