दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, केही बेपत्ता

शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिला र बालिकाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीय किम्ती ठगुन्नाको मृत्यु भएको हो। सोही ठाउँकी पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि मृत्यु भएको छ।

नेपालभ्युज

दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, केही बेपत्ता

काठमाडौं। शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिला र बालिकाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीय किम्ती ठगुन्नाको मृत्यु भएको हो। सोही ठाउँकी पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि मृत्यु भएको छ।

मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको काका भरत ठगुन्नाले बताए। शुक्रबार राति एकबजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।

यस्तै नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि बेपत्ता रहेका छन्। पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको प्रहरीको भनाई छ।

यता, दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए। बाढीसँगै आएको पहिरोमा परी केही बेपत्ता भएको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved