युवा छँदा

जसले बाँचुन्जेल एउटा मात्रै चित्र बेचे

उनी एउटी सेक्स–वर्करसँग यति धेरै मोहित भए कि, आफ्नो दाहिने कान काटेर ती सेक्स–वर्करलाई उपहार दिए। यो घटनापछि उनले दुई हप्तासम्म अस्पतालमा बिताउनुपर्‍यो।

युवा छँदा

‘मानिसहरू यो संसारमा खुसी हुन मात्र आएको होइन। उनी त्यति इमानदार हुन पनि आएका हैनन्। उनी सम्पूर्ण मानवताको लागि महान् चिजहरू सिर्जना गर्न आएका हुन्। उनी उदारता लिन आएका हुन्। उनी धेरै मानिसहरूको अस्तित्वलाई विपत्ति गर्ने मूर्खतालाई पार गर्न आएका हुन्।’

(विन्सेन्ट भान गगको जीवनी ‘लस्ट फर लाइफ’ बाट।)

विश्व कला–जगतको सदैव स्मरणीय नाम हो– विन्सेन्ट भान गग। उन्नाइसौँ शताब्दीका यी महान् कला–सर्जकले लामो आयु बाँच्न पाएनन्। मात्र ३७ वर्षको युवावस्थामा नै उनको भौतिक अस्तित्व समाप्त भयो। तर आज पनि नयाँ पुस्ताका कला–सर्जकहरू उनलाई एक आदर्श चित्रशिल्पीको रूपमा लिन्छन्।

भान गग जीवनका केवल दस वर्ष मात्र सक्रिय रूपमा सिर्जना–संसारमा रमाउन पाए। ती दस वर्ष अर्थात् २७ देखि ३७ वर्षको उमेर–अवधिमा उनले करिब आठ सय चित्र–सिर्जना गरे, जुन आज पनि विश्व कला–क्षेत्रका अद्वितीय कलासिर्जनाका रूपमा स्थापित छन्। परिपक्व युवा उमेरमा सिर्जेका सिर्जनाले नै उनलाई जीवन्त राखेका छन्।

सन् १८५३ को मार्च ३० मा हल्याण्डको एउटा सानो गाउँमा जन्मिएका उनी सुरुदेखि नै स्थानीय किसान र गरिब तप्काबाट प्रभावित रहे, जुन उनको कला–सिर्जनामा छर्लङ्गै देख्न सकिन्छ। उनलाई कला–संसारमा प्रवेश गर्नमा आमा कारनेलाको कलात्मक अभिरुचिले धेरै हदसम्म प्रभावित तुल्यायो, सानैदेखि। आमाकै प्रेरणाले १६ वर्षकै उमेरमा आफ्ना काकाको अन्तर्राष्ट्रिय फर्म गुपिल एन्ड कम्पनीमा उनले काम गर्न थाले। कामको सन्दर्भमा उनले लन्डन, पेरिसलगायत अरू युरोपेली सहरहरूको भ्रमण गर्न पाए।

१८७४ मा उनलाई कम्पनीले लन्डनमा सरुवा गरिदियो। तर केही वर्षपछि नै व्यावहारिक कारणले उनले काम छाड्नुपर्‍यो। नोकरीबाट हटेपछि उनले एउटा निजी विद्यालयमा नोकरी सुरु गरे। त्यही क्रममा उनले लन्डनको गरिबहरू बस्ने क्षेत्रमा रकम असुल्ने काम गर्न थाले।

तर गरिबहरूको दयनीय हालत देख्दा उनी द्रविभूत बन्न थाले र काममा राम्रो गर्न नसकेको आरोप झेल्दै त्यो नोकरीबाट पनि उनलाई हटाइयो।
जताततै असफलता मात्र बेहोर्नु परेपछि स्थानीय चर्चको पुजारी रहेका आफ्ना पितको पद्चिह्न पछ्याउँदै उनी सहायक पादरी बने। त्यही क्रममा धार्मिक मन्त्रालयको शिक्षाका लागि उनी हल्याण्ड गए।

भान गगले जीविकाका लागि सानैदेखि चित्रकला त गर्थे तर तैल चित्रसम्बन्धी ज्ञान भने उनलाई रत्तिभर थिएन। २७ वर्षको उमेर पुग्दा उनले जेन फ्रेंकोको संगत पाए र चित्रकलाप्रति अझ अभिरुचि बढ्दै गयो। त्यही क्रममा उनी ब्रसेल्स आर्ट एकेडेमीमा भर्ना भए र तैल चित्र बनाउन थाले।

भान गगले जीविकाका लागि सानैदेखि चित्रकला त गर्थे तर तैल चित्रसम्बन्धी ज्ञान भने उनलाई रत्तिभर थिएन। २७ वर्षको उमेर पुग्दा उनले जेन फ्रेंकोको संगत पाए र चित्रकलाप्रति अझ अभिरुचि बढ्दै गयो। त्यही क्रममा उनी ब्रसेल्स आर्ट एकेडेमीमा भर्ना भए र तैल चित्र बनाउन थाले।
आर्ट एकेडेमीमा लामो समयसम्म बस्न पाएनन् उनी।

सन् १८८५ मा उनी पेरिस गए, जहाँ उनका भाइ थियोले आर्ट ग्यालरी चलाइरहेका थिए। पेरिसमा उनको भेट पाल गोगासँग भयो। त्यहीँ नै उनी रुबेन्सको कलाकृतिको सम्पर्कमा पुगे। पेरिसमा रहँदा उनले स्टुडियोभित्र मात्र आफूलाई खुम्च्याएर राखेनन्, बाहिरफेर घुमफिर गर्दै चित्र सिर्जना गर्न थाले। सोही क्रममा उनले त्रिवर्णीय रंग एवं प्रकाशको प्रयोगमा सफलता हासिल गरे। त्यो बेला दैनिक सोह्र घण्टासम्म काम गरेर उनले २३ वटा सेल्फ पोट्रेट बनाएका थिए।

भान गग एक महान् चित्रशिल्पी त थिए नै, उनी महान् प्रेमिसमेत थिए। उनी एउटी सेक्स–वर्करसँग यति धेरै मोहित भए कि, आफ्नो दाहिने कान काटेर ती सेक्स–वर्करलाई उपहार दिए। यो घटनापछि उनले दुई हप्तासम्म अस्पतालमा बिताउनुपर्‍यो। सोही बेला उनीविरुद्ध असीभन्दा बढी उजुरी परे।

उनमा पागलपनको संकेत देखिएको ठहर गर्दै मानसिक अस्पतालमा भर्नासमेत गरियो। त्यो अस्पतालमा ६ महिनासम्म उपचार गरियो। त्यसपछि चिकित्सकले उनलाई अस्पताल बाहिर गएर चित्र बनाउने अनुमति दिए। त्यही क्रममा उनले करिब २ सय वटा क्यानभास रङ्ग्याए।

सन् १८९० को मेमा उनका पुराना मित्र केमिल पिसारोले उनलाई पेरिसको ओवेरमा आउन आग्रह गरे। त्यो ठाउँ चित्रकारहरूका निम्ति धेरै राम्रो र उपयुक्त थलो मानिन्थ्यो। जीवनका अन्तिम ६ साता उनले त्यही ठाउँमा बिताए। तर उनी मानसिक रूपले धेरै जर्जर भइसकेका थिए। सोही सालको २७ जुलाईमा उनी स्थानीय खेतमा घुम्न निस्किए।

त्यही क्रममा उनले आफैँले आफ्नो कञ्चटमा गोली हाने। दुई दिनसम्म उनलाई बचाउन कोसिस भए पनि उनले अन्तिम सास फेरे। गरिबी, अस्थिर मानसिक अवस्था र बिग्रिदो शारीरिक स्थितिका कारण उनले युवा उमेरमै जीवन गुमाउनुपर्‍यो। उनलाई रेम्ब्रान्टपछिका सबभन्दा ठुला डच चित्रकार मानिन्छ।

युवावस्थामै मृत्यु वरण गरेका भान गगले आठ सयभन्दा बढी तैल चित्र, १३ सयभन्दा बढी जलरंगसहित कालजयी सिर्जना विश्व कला जगत्लाई दिए। उनको मृत्युपरान्त उनका चित्रहरू अरबौँ रकम तिरेर किन्न कलाप्रति रुचि भएका धेरै व्यक्तिहरू तयार देखिए। रमाइलो कुरा त के छ भने, उनी बाँचुन्जेल उनको एउटा मात्र पेन्टिङ बिक्री भएको थियो, जुन ब्रसेल्सको एक प्रदर्शनीमा ४ सय फ्य्राङ्कमा बिक्री भएको थियो।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved