प्रिय कथा

डढेलो

विष्णु काका त्यस्ता थिएनन्, दिनाबाबु, किसना, मंगलु, नरेन्दरबाबु त्यस्ता थिएनन्। गोपिया, बद्रीनाथ, छोटकी मौसी चौधराइन माई, यादव दादी, पासवान चाचाहरू त्यस्ता थिएनन्, सबैको प्रिय थिए उनी।

डढेलो

(रचनागर्भ– सूत्रात्मक विषयको विस्तार नै कथा हो। जहाँ समय, जीवन र प्रकृतिको विम्ब–प्रतिविम्बित हुन्छ। जब सिर्जनशील मन–मस्तिष्कलाई संवेदना, विद्रोह र सौन्दर्यले प्रभाव पार्छ अनि साहित्य जन्मिन्छ। जहाँ यथार्थ र कल्पनाको समागम हुन्छ। प्रस्तुत कथा एउटा गाउँको, एउटा माष्टरको कथा हो।

जसले एउटा मैनबत्तीझैँ आफू पग्लिएर गाउँका शिक्षाको उज्यालो बाँडिरहेको थियो। जो सधैँ स्वतन्त्रता र समानताको पक्षमा थियो। देशमा उज्यालो अर्थात् लोकतन्त्र ल्याउन उसको पनि विशेष योगदान रह्यो। तर जातिवादी–व्यक्तिवादी सङ्कीर्णताले उपलब्धिलाई निराशामा परिणत ग¥यो। प्रस्तुत कथाको पात्र शिशिर शर्मा तपाईंको गाउँको पनि हुनसक्छ, मेरो गाउँको पनि। यस कथा हामीले भोगेको समयको, जीवनको फ्ल्यासब्याक हो, जहाँ कल्पना कम र यथार्थ बढी छ।

त्यही यथार्थ नै यस कथाको रचना बीज हो। हाम्रा प्राप्तिहरू कसरी सङ्कीर्णता र मुर्खताको भीडमा निरीह छ। प्रस्तुत कथा त्यही निरीह पात्रको कथा हो। जो प्रबल भएर पनि निर्बल छ। जसको जीवनको सुन्दर वसन्त उजाडिएको छ। जसका सपनाहरू मात्र सपना रहेका छन्। हाम्रा प्राप्ति शिशिर शर्मा जस्तै बिचरो छ।)
०००

समयले यसरी घात गर्ला र आफूले गरेको संघर्ष र प्राप्ति यति दुःखद होला भन्ने सह–प्राध्यापक शिशिर शर्माले कहिले सोचेकासम्म थिएनन्। आपूmले तीस वर्ष बिताएको गाउँ छोड्न लाग्दा स्वाभाविक रूपमा नमीठो लागेको छ उनलाई। आज उनी गाउँ छाड्दै छन् र पनि कसैले सोधेका छैनन्– ‘शर्मा ! कहाँ जान्छस् ? किन जान्छस् ?’

बिचरा यतिका वर्ष यो गाउँमा बिताएका उनले एकसरो आवश्यक सरसामान बसपार्कसम्म लग्न भाडामा एउटा ठेलासमेत पाएनन्। जबकि गाउँभरि ठेला थियो, बैलगाडा र ट्रयाक्टरहरू थिए। किसना आफ्नो बैलगाडा लिएर उनलाई बसपार्क पुर्या‍उन तयार थियो, सहर लान। तर गाडीमा सामान लोड गरेर गोरु लिन गएको किसनाले एकाएक विचार फे¥यो र आफ्नो असमर्थता व्यक्त गर्यो‍– ‘सर, हमर बरद विमार भ्यागेले, हम अहाँके पहुँचाएल नही सकवे।’

( सर, मेरो गोरु बिरामी पर्यो‍, मैले सरलाई पुर्या‍उन सकिनँ।) सरले बुझे, कसैले कान फुक्यो उसको। सायद जातीय र साम्प्रदायिक विभाजन रेखा कोरे उनीहरूले। चसक्क मन दुख्यो उनको। हिजोसम्म सामान्य बिरामी पर्दा पनि– ‘सर, मेरो ट्रयाक्टर छ लिएर जानुस्, बैलगाडा छ लिएर जानुस्’ भन्थे गाउँलेहरू। आज ती कुराहरू एउटा संस्मरण भएको छ, उनका लागि, एउटा अतीत भएको छ, बिर्सन नसक्ने अतीत।

केही सीप नलागेपछि अन्ततः शिशिर शर्माले टाढाको गाउँबाट ट्रयाक्टर मगाएर आफ्नो सामान लोड गरे। हिँड्नुअघि आपूmले रोपेका पूmलबारी वरिपरि घुमे। फूलहरू सुमसुम्याए। सगुन हो वा अपसगुन, अगाडिको निमको बोटमा काग–काग गरेर नमीठोसँग कर्कश स्वरमा एकोहोरो काग कराइरह्यो। घरपछाडिको आँपको बोटमा नचिनेझैँ गरी ‘को हो ? को हो ?’ भनेर कोइलीले सोधिरह्यो। आफ्नै परिचित गाउँ अपरिचित र विरानो लाग्यो उनलाई।

आखिर हिँड्नु नै छ भने किन ढिलो गर्ने ? उनले मुटु नै मिचेर घरमा ताला लगाए। आ…जसले जेसुकै गरोस् आँसु, रगत र पसिनाले बगाएर बनाएको घरप्रति कुनै मोह रहेन उनको। गाडोस् जसले गाड्छ पार्टीको झन्डा, आखिर यो संसारमा आफ्नो भन्ने के रहेछ र ! फगत एउटा भ्रम रहेछ। एकाएक ढुङ्गो भए उनी। उनलाई लाग्यो– ज्यान भन्दा ठूलो घर होइन। सबैसँग समान व्यवहार गर्नसके, मिहिनेती, लगनशील र इमानदार भए यस्तो घर फेरि जोडिएला।

धेरै अघिदेखि जुन घर बेच्ने प्रयास गर्दा पनि बेच्न सकेनन् उनले– ‘हेरूँ त, कसले किन्दोरहेछ यो घर, किन्नेको लास गिराइदिन्छु। यो हाम्रो पार्टीले कब्जा गरेको घर हो।’ मूर्खहरूको यो सम्बोधनले किन्नेहरू पनि हच्किए। हो पनि अहिले जीवनभन्दा मृत्यु सस्तो छ। उनले सोचे– इमानदारहरूको बस्तीमा एउटा अपराधीको घर रहेछ आफ्नो घर, जसलाई सबैले घृणा गरिरहेका छन्। अन्ततः केही नलागेपछि घर नै छाड्ने निधो गरे उनले।

कहिलेकाहीँ त उनलाई लाग्थ्यो, यो घरलाई नै आगो लगाएर हिँडूँ। तनावमा आएर एकदिन त घरमा समेत आगो लगाउने प्रयास गरेका थिए उनले। धन्य गुरुआमाले देखिन् र दुर्घटना हुन पाएन।

करिब दुई वर्षदेखिको मानसिक तनावमा थिए शिशिर सर। हिजोका आफ्नै मित्र र शुभचिन्तकहरूबाट अनावश्यक गालीगलौज र अपशब्द प्रयोगले डिप्रेसनको शिकारसमेत भए उनी। भाटे शरीर भए पनि कहिले कुनै विरामीले नछोएको उनले अनावश्यक किचलोका कारण मानसिक विरामीको औषधिसमेत खान प¥यो। एकाएक उनीभित्रको कामप्रतिको एकाग्रता स्वात्त घट्यो। उनी एउटा अभियुक्तजस्तै भए अरूका दृष्टिमा, उनलाई अर्को आरोप लाग्यो। हाम्रो जातप्रति पूर्वाग्रही भए शिशिर सर, उनले हाम्रा छोराछोरीलाई पढाउनसमेत छाडे। त्यसपछि एकाएक घोरिन थाले उनी। एकान्तपन उनको साथी बन्यो।

कहिलेकाहीँ त उनलाई लाग्थ्यो, यो घरलाई नै आगो लगाएर हिँडूँ। तनावमा आएर एकदिन त घरमा समेत आगो लगाउने प्रयास गरेका थिए उनले। धन्य गुरुआमाले देखिन् र दुर्घटना हुन पाएन। त्यस दिनको यो घटनाले गाउँमा एउटा हल्ला चल्यो– ‘शिशिर सर बहुलायो, पागल भयो।’ तर कसैले सोधेन– शिशिर सर किन बहुलायो ? किन पागल भयोे ? उसलाई बहुला बनाउने को हुन् ?

अति भएपछि गुरुआमाले सम्झाइन उनलाई– ‘यसरी सधैँ बाँच्न सकिँदैन, बरु गाउँ नै छोडौं। यसरी आवेशमा आएर आफ्नै घरमा आगो लाउने हो भने अरू र आफूमा के फरक रह्यो र ? जसरी उनीहरूले अहिले आत्मीयता मानवतामा डढेलो लाएका छन्।’ हो पनि आफूले माया र विश्वास गरेकाहरूबाटै आफूमाथि निर्मम प्रहार हुन्छ भने त्यो माया र विश्वासको अर्थ नै के हुन्छ ? र आज उनी सधैँका लागि आफ्नो घर छाड्दै छन्, गाउँ, समाज र छरछिमेकी छाड्दै छन्। आफूले खाँदै गरेको जागिर छाड्दै छन्।

‘निर्मला हिँड।’ सामान लोड गरेको ट्रयाक्टर हिँड्ने तयारीमा छ। उनीहरू हिँडने तरखरमा छन्। एकाएक उनीहरूले पालेको कुकुर शिशिर सरको खुट्टा वरिपरि लुटपुटिन आइपुग्यो। शिशिर सरले कुकुरलाई मायाले सुमसुम्याए। उनले सोचे– सँगै बसेको एउटा पशुलाई त छुट्टिन लाग्दा नमिठो मान्छ, तर हामी मान्छे कति क्रूर ! कति दयाहीन।’

फेरि एकाएक उनको आँखामा ती दृश्यहरू नाच्न थाल्यो, सबै मिलेर महाकवि देवकोटा र कवि कोकिलपति विद्यापतिको सालिक स्थापना गरेको दिन। रङ्गभेद–जातिभेदलाई डाँडा कटाएको दिन। पहाडे–मधेसेले आत्मीय र सद्भावको अँगालो मारेको दिन। अनि लोकतन्त्र प्राप्तिपछि तिनै हातहरूले सत्तालिप्त स्वार्थी नेताहरूका उक्साहटमा फलामे हतौडाले आपूmहरूले नै निर्माण गरेको कवि देवकोटाको सालिक भत्काएको दिन।

उनको सोचाइको गति अझ बढ्यो। उनले फेरि सम्झे– राजनीति र साहित्यबीचको अन्तर, साहित्यले मान्छेको मन र मुटु जोड्छ भने राजनीतिले फुटाउँदो रहेछ। कुकुर अझै उनीसँग लुटपुटिइरहेको छ। गाउँलेहरू परैबाट अवाक् हेरिरहेका छन् कोही बोलिरहेका छैनन्। सधैँ एकाध घन्टा बाहिर जाँदा पनि– ‘प्रणाम सर, टाढै ?’ भनेर सोध्नेहरू पनि टुलुटुलु मूकदर्शक भएर हेरिरहेका छन् उनीहरूलाई। त्यति नै बेला एउटी सोह्र सत्र वर्षे किशोरी दौडिँदै आइपुगी शिशिर सर नजिक।

श्रद्धालु टाउको सरको अगाडि झुकाई उसले। उसको टाउकोमा हात राखेर आशीर्वाद दिए शिशिर सरले। आँखाबाट झर्न आतुर मायाको आँसुलाई उनले रोक्न सकेनन्। उनको आँखा आँसुले भरियो। नदेखिने गरी हत्केलाले पुछे उनले। नचाहँदा नचाहँदै पनि आँसुको दुई थोपा कलावतीको अनुहारमा पर्यो‍। पुलुक्क उसले शिशिर सरलाई हेरी।

‘बेटी, हामी जाँदैछौँ, यो गाउँमा हामीलाई यति नै बस्न लेखेको रहेछ, राम्ररी पढ्नू।’ सर भक्कानिए।

‘सर, यसपाली म फेल हुन्छु, मलाई कसले पढाउँछ ? चौध गतेदेखि ‘एक्जाम’ छ।’ आँखाभरि आँसु पारी कलावतीले।

‘तँ मेहनती छस् छोरी, राम्ररी पढ, पास हुन्छस् बरु तेरो प्रगतिको खबर सुनाउँदै गर्नू, मेरो मोबाइलको नम्बर छ नि तँसँग ?’ उनले सोधे।

‘………..’ कलावती केही बोलिन, छ को भावमा उसले मात्र टाउको हल्लाई।

‘ल त्यसैमा फोन गर्नू।’ त्यति मात्र भन्नसके उनले। फेरि कलावती प्रसङ्ग उनको मथिङ्गलभरि घुम्यो। तेहै्र वर्षको उमेरमा बिहे गरिदिन लागेका थिए उसका बाबुआमाले कलावतीको।

‘सर, म अहिले बिहा गर्दिनँ, पढ्छु। म आफ्नो खुट्टामा आफैँ उभिन्छु सर !’ घरमा विहाका लागि केटाहरू उसलाई हेर्न आएपछि रुँदै गुहार माग्न आएकी थिई कलावती उनीसँग। र, एउटा विद्रोह गरेकी थिई उसले बाल विवाहविरूद्ध। त्यतिबेलाको ऊभित्रको आँट शिशिर सर थिए, र यही विषयलाई लिएर गाउँमा पञ्चायती बसेको थियो। जसको वकिल थिए उनी। यो गम्भीर मुद्दामा कलावतीले जितेकी थिई।

त्यसपछि कलावतीको साहस गाउँभरि एउटा नजीर बन्यो। त्यस दिनदेखि गाउँमा उमेर नपुगी छोरीको विवाह गर्ने साहस कसैले गरेनन्। अहिले कलावती आइ. एड. पढ्दैछे र एउटा सरकारी प्राथमिक स्कुलमा पढाउँछे, यो श्रेय ऊ शिशिर सरलाई दिन्छे, अरूको दृष्टिमा जातीय शत्रु भए पनि शिशिर सर कलावतीका लागि एउटा आदर्श गुरु हुुन्, भगवान् हुन्। उसलाई यहाँसम्म पुर्या‍उन सरको ठूलो हात छ।

समनपुर यो गाउँमा आउँदा शिशिर सर बीस एक्काइस वर्षका थिए। गाउँमा कोही मास्टर आउन नचाहेपछि उनी मास्टर भएर आएका थिए। त्यतिबेला नि. मा. वि. को मास्टर थिए उनी। पछि त्यही स्कुल मा.वि. भयो, कलेज भयो। यसको श्रेय शिशिर सरलाई जान्छ। तर एकाएक साम्प्रदायिकताको डढेलो लाग्यो यो गाउँमा। आत्मीयता, आपसी भाइचारा र सद्भाव सबै हरायो।

राजनीतिले अनाहक एकअर्काबीच द्वन्द्व निम्त्यायो। जातजातबीचको द्वन्द्व। धर्म–संस्कृतिबीचको द्वन्द्व। पहाडे–मधेसेबीचको द्वन्द्व। चुच्चे–नेप्टेबीचको द्वन्द्व। शान्त र शालीन नागरिकका पोखरीमा स्वार्थको माछा मार्न षड्यन्त्रका जाल फ्याँके शकुनिहरूले। जसलाई सबैले बुझे र पनि बुझेनन्।

‘विष्णुकाका प्रणाम !!’

‘दिनाबाबु प्रणाम !’

‘छोट्की मौसी प्रणाम !’ हिँड्नुअघि शिशिर सरले विदाइको श्रद्धालु हात उठाए सबैसामु। उनी नतमस्तक भए, आफ्नो प्रिय गाउँप्रति, गाउँलेप्रति। जहाँ उनले जीवनको आधा समय समर्पण गरेका थिए, उनको शैक्षिक योगदान अविस्मरणीय थियो।

‘छोट्की मौसी प्रणाम !’ हिँड्नुअघि शिशिर सरले विदाइको श्रद्धालु हात उठाए सबैसामु। उनी नतमस्तक भए, आफ्नो प्रिय गाउँप्रति, गाउँलेप्रति। जहाँ उनले जीवनको आधा समय समर्पण गरेका थिए, उनको शैक्षिक योगदान अविस्मरणीय थियो। तर उनको अभिवादनको प्रत्युत्तरमा कसैको हात उठेन। मौन सालिक भएर हेरिरहे उनलाई। शिशिर सरलाई थाहा छ गाउँलेहरू त्यस्ता थिएनन्।

विष्णु काका त्यस्ता थिएनन्, दिनाबाबु, किसना, मंगलु, नरेन्दरबाबु त्यस्ता थिएनन्। गोपिया, बद्रीनाथ, छोटकी मौसी चौधराइन माई, यादव दादी, पासवान चाचाहरू त्यस्ता थिएनन्, सबैको प्रिय थिए उनी।

आफ्नो मिलनसार स्वभावका कारण सबैसँग मिलेर बसेका थिए। यो गाउँ समावेशी सद्भावको नमुना थियो। हिजोको यो पिछडिएको दुःखी गाउँमा जब साम्प्रदायिकताको डढेलो लाउन आफ्नो व्यक्तिगत स्वार्थ बोकेका विभिन्न दलका नेताहरू छिरे, यो शान्त गाउँलाई कुरुक्षेत्र बनाए, कलहको बीउ रोपे र षड्यन्त्रको महाभारत रचे। जसमा होमिए निरीह नागरिकहरू।

बिर्सुभन्दा पनि गाउँमा व्यतीत गरेका ती दिनहरू शिशिर सरका मथिङ्गलमा फनफनी घुमिरह्यो। एकाएक भावुक बने उनी। झलझली उनको आँखामा विगतका ती दृश्य र सम्वाद नाचिरह्यो। एकोहोरिए उनी।

‘मास्टरजी, मेरो छोट्की बेटीको तबिगत खराब भो, देखिदिनुस् न।’ आग्रहसँगै घरमा भएका प्राथमिक उपचारका औषधि दिएर मास्टर शिशिर शर्मा गाउँका डाक्टर बन्थे।

‘मेरो बेटाले मेट्रिक पास गर्दैन सर ! उसलाई के गर्नु ?’

‘ल मेरो घरमा बिहानबिहान पठाइदेऊ, म पढाइदिउँला।’ त्यस बेला शिशिर सर निःशुल्क ट्युसन सेन्टरका गुरु बन्थे।

‘सर, धनिकलालस“ग मैले जग्गाको बैना गर्नु छ, कुन लिखन्दास लाऊँ ?’ गाउँले समस्या निवारणका लागि तत्कालै हातमा फुलस्केप कागज र कलम बोकेर लेखनदास बन्थे शिशिर सर।

‘सरको नाममा मेरो बेटाले कतारबाट क्याम्पुटर मुनि टाँसपुटबाट पैसा पठाएको छ, झिकिदे न सर !’ निर्बाध उनी सबैको सेवक बन्थे।

‘दिना काका, मैले एउटा सानो घडेरी किन्ने भएँ अलिकति पैसा सापट चाहियो ? म ब्याजै तिरुँला।’ दिना काकासँग आग्रह गर्थे उनी।

‘लैजा न मास्टर, कति पैसा चाहिन्छ तँलाई, आफ्नो बेटासँग पनि कसैले सूद लिन्छ, म सूदखोर हुँ।’ आवश्यक पैसा सापट दिँदै हाँस्थे दिना काका।

हिजोसम्म टोलमा तरकारी किन्न पर्दैन थियो उनले, दूध आधा दाममा पाउँथे। त्यहीं दूध खाएर उनका दुई दुई सन्तान हुर्किए, बढे र अहिले काठमाडौंमा उच्च शिक्षा आर्जन गर्दैछन्।

हामीले यसैका लागि यत्रो संघर्ष गरेका थियौं ? हामीले गरेको सामुहिक आन्दोलन, भोगेको जेलनेलको उपलब्धि यही थियो ? गहिरो चिन्तनमा एकाग्र भएर विगत सम्झिँदा टननन टाउको दुख्थ्यो उनको। असह्य भएर उनी टाउको छाम्थे र झस्किन्थे। आन्दोलनमा इन्कलाबको हात उठाउँदा सत्र टाँका लगाउनु परेको थियो उनको टाउकोमा। झन्डैझन्डै मृत्यु भोगेका थिए उनले।

उनीमाथि प्रहरीको निर्मम प्रहार भएपछि एकाएक ढलेका थिए उनी। जसलाई यिनै गाउँलेहरूले नै उपचारका लागि बोकेर अस्पताल पु¥याएर बचाएका थिए। आन्दोलनमा उनलाई समाउन प्रहरी र सैनिकहरू आउँदा गाउँलेहरू घरको खाटमुनि, धानको भकारी, माटोको कोठीभित्र लुकाउँथे र उनलाई जोगाउँथे। तर अहिले यही गाउँमा सबै कुराबाट हटक भए उनी।

‘तपाईँको खुनले मेरी गुरुआमा बाँची नरेन्द्रर बाबु ! नत्र गुरुआमा मर्थी।’ नरेन्द्रबाबुलगायत सम्पूर्ण गाउँलेप्रति अनुगृहित थिए शिशिर सर। यो गाउँ आदर्श गाउँ थियो। एकअर्काप्रतिको सद्भाव, आत्मीयता र सहयोग उदाहरणीय थियो सबैका लागि। सबै भन्थे– ‘आदमी हुनु त सरजस्तो।’ गाउँलेको यस्तो आत्मीय वाणी सुन्दा आनन्दित हुन्थे उनी। उनको र उनको परिवारको स्वभाव सर्वत्र प्रशंसा थियो। एकाएक समय फेरियो। र, क्रमशः घट्दै गयो सद्भाव र आत्मीयता।

‘ए निकाल यसलाई। यो हाम्रो जातको होइन, यसलाई यो टोलमा बस्न दिनहुन्न, यो शोषक हो।’

‘यसको घरमा आगो लगाओ, यिनीहरूले नै गर्दा हामी माथि पुग्न सकेनौं।’

‘यिनीहरूले हामीलाई शोषण गरे। सबै माथिमाथि गभर्नर, सचिव सबै यिनकै जातका छन्, हाम्रो जातको छ ?’ अचम्म अचम्मका कुरा गर्न थालेका थिए गाउँलेहरू। जुन गाउँमा आएका नेताहरूले फलाकेका साम्प्रदायिक वाणीको नवीकरण गर्थे उनीहरू।

‘काका, यो सचिव, गभर्नर, राजदूत पोष्ट गुलीडण्डा खेलेर पाइने पोष्ट होइन। धेरै पढनुपर्छ, पढेर पनि सबैसँगको टक्करमा जितेर आउनुपर्छ, नेताजस्तो ठगठाग पारेर पाउने पोष्ट होइन। मलाई पनि सचिव, गभर्नर हुने मन थियो नि काका, के गर्ने लोकसेवा नै पास गर्न सकिएन, यो आ–आफ्नो नसिब हो।’ उनीहरूका कुरा सुनेर गाउँलेलाई सम्झाउँथे शिशिर सर, तर उनको कुरा कसले बुझने ? साम्प्रदायिकताको डढेलो लागेको थियो गाउँभरि। अकारण एकाएक आक्रोश उनीमाथि खनिन्थ्यो। एउटा क्रूर र विवेकहीन समय भोगे उनले।

विचरा के शोषण गर्नु उनले। तीस वर्ष कलेज पढाउँदा एउटा अनकन्टार गाउँमा एउटा चार कोठाको घर जोडे। एउटी लिखुरी रोगी स्वास्नी जोडे। दुई छोराछोरी जोडे। एक दुई साइकल जोडे त्यति मात्र न हो। यहाँ एक वर्षमा महल जोड्नेहरू छन्। पजेरो जोड्नेहरू छन्। उनीहरू नै राष्ट्रका विशिष्ट नागरिक भएका छन्, प्रतिष्ठित व्यक्तित्व भएका छन्। विचरा शिशिर सर के हुनु, हिजो जस्तो थिए आज पनि उस्तै छन्।

‘बाबा ! ओर्लिऊँ, ओर्लिने ठाउँ आयो।’ घच्याक्क ट्रयाक्टर रोकिएपछि र गुरुआमाले घचघच्याएपछि उनी झस्किए, उनको आधा जीवनसँग गाँसिएको प्रिय गाउँ सम्झनाको धमिलो कुहिरोमा धेरै पर छुटिसकेको थियो।

०००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved