प्रधानमन्त्री देउवाद्धारा बेलायती महारानी एलिजाबेथको निधनमा शोक व्यक्त

नेपालभ्युज

प्रधानमन्त्री देउवाद्धारा बेलायती महारानी एलिजाबेथको निधनमा शोक व्यक्त

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले उहाँको निधनको खबर पाउँदा आफूलाई धेरै दुःख लागेको बताएका छन् ।

ट्विटरमार्फत प्रधानमन्त्री देउवाले दिएको शोक सन्देशमा महारानी एलिजाबेथमा अन्य संस्कृति र मानवताप्रतिको दया, सादगी र सम्मानजस्ता गुणहरू रहेका र जसका कारण नेपाली जनताले रानीलाई मायापूर्वक सम्झन्छन् भनिएको छ ।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘‘उहाँको निधनले नेपाल र नेपाली जनताले एक महान् प्रशंसक गुमाएको छ, म राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’’

रानी एलिजाबेथ द्वितीयले सन १९६१ र १९८६ मा दुई पटक नेपालको औपचारिक राजकीय भ्रमण गरेकी थिइन् । त्यसैले नेपाल र नेपाली जनताले रानी एलिजाबेथलाई नेपालमा मायापूर्वक सम्झिने गरिएको प्रधानमन्त्रीको सन्देशमा समावेश छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved