विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी…’ सार्वजनिक (भिडियो)

नेपालभ्युज

काठमाडौं । गीतकार विष्णु आचार्य ‘अतृप्त’ को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत र स्वर रहेको ‘अघि बढे भेल बाढी…’ बोलको  गीत सार्वजनिक भएको छ ।

विन्दवासिनी म्युजिकको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतले दुःख जीवनको स्थायी सत्य भएकाले यसबाट भाग्ने होइन यसलाई सामना गर्नुपर्छ भन्ने देखाउन खोजेको छ।

उच्च आत्मबल र धैर्यता  जुटाउँदै जानुपर्छ भन्ने आशय बोकेको सो  गीतको सङ्गीत संयोजन देवेन्द्र नेवाले गरेका छन्  ।

मनोज रत्न शाहीले तयार पारेको लिरिकल भिडियोमा प्रकाश मिश्रको मिक्सिङ रहेको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved