चिकित्सकले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे इमर्जेन्सीबाहेक सबै सेवा बन्द

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकहरूले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेका छन्। अदालतले प्रतिष्ठानमा कार्यरत डा. करण साहलाई पक्राउ गर्न आदेश दिएपछि इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेका हुन्।

नेपालभ्युज

चिकित्सकले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे इमर्जेन्सीबाहेक सबै सेवा बन्द

सुर्खेत। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकहरूले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेका छन्। अदालतले प्रतिष्ठानमा कार्यरत डा. करण साहलाई पक्राउ गर्न आदेश दिएपछि इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेका हुन्।

भदौ २ गते बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी विभागमा प्रतिष्ठानमै कार्यरत चौथो तहका कर्मचारी धनबहादुर शाहीबाट ड्युटीमा रहेका डा.साह कुटिएका थिए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनतर्फका कर्मचारी शाहीले आफ्नो छोराको टाँका नकाटिदिएको भन्दै इमर्जेन्सीमा खटिएका डा.साहलाई कुटेका थिए।

अदालतले डा.साहका नाममा पक्राउ पुर्जी जारी गरेपछि झुट्टा मुद्दा लगाइएको भन्दै प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलित भएका हुन्। आन्दोलनकै क्रममा चिकित्सकले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका छन्।

डा.साहलाई कुट्नेलाई कारबाही र मुद्दा फिर्ताको माग पुरा नहुन्जेल आन्दोलन जारी रहने नेपाल चिकित्सक संघ जुम्लाका उपाध्यक्ष डा. कमल थानीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved