कस्तो रहला आजको मौसम?

नेपालभ्युज

कस्तो रहला आजको मौसम?
सांकेतिक तश्वीर

काठमाडौं। आज देशका विभिन्न भागमा पनि वर्षाको सम्भावना रहेको छ। केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ। प्रदेश–१ का थोरै स्थानमा र वागमती प्रदेशका एक-दुई स्थानमा सामान्य देखि मध्यम वर्षा भइरहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तर तर्फ र पश्चिम तिर सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ। प्रदेश–१, मधेस प्रदेश र वागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश–१ र वाग्मती प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदलीदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहने विभागको भनाइ छ ।

वर्षा हुने पहाडी भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved