चार्टर्ड एकाउन्टेन्ट निल सारू पाल्पा १ बाट एमालेको उम्मेदवार सिफारिस

नेकपा एमाले पाल्पाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट निल सारू मगरलाई संघीय निर्वाचनको लागी पाल्पा जिल्ला क्षेत्र नं १ बाट संघीय सांसद उम्मेदवारको लागि सिफारिस गरेको छ।

नेपालभ्युज

चार्टर्ड एकाउन्टेन्ट निल सारू पाल्पा १ बाट एमालेको उम्मेदवार सिफारिस

काठमाडौं। नेकपा एमाले पाल्पाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट निल सारू मगरलाई संघीय निर्वाचनको लागी पाल्पा जिल्ला क्षेत्र नं १ बाट संघीय सांसद उम्मेदवारको लागि सिफारिस गरेको छ। विद्यार्थीकालदेखि अनेरास्ववियुको विभिन्न तहमा रही राजनीतिमा सक्रिय उनी हाल नेपाल उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य छन्।

उनी नेकपा एमाले, पाल्पा काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष पनि हुन्। त्यस्तै उनीसँग धितोपत्र बोर्डको विज्ञ सञ्चालकको रूपमा ३ वर्ष काम गरेको अनुभव समेत छ।

उम्मेदवार सिफारिस भएपछि चार्टर्ड एकाउन्टेन्ट सारू मगरले पार्टीले पुस्ता हस्तान्तरण अभियान र युवाहरूको चाहना बमोजिम आफूलाई उम्मेदवार बनाउन चाहेको बताए।

आर्थिक नीतिमा ‘पिएचडी’ गरिरहेका सारूले नेताहरूले युवालाई विश्वास गरेर टिकट दिएको खण्डमा सम्पूर्ण अग्रज नेताहरूको योगदानको सम्मान गर्दै उनीहरूको सल्लाह बमोजिम अगाडी बढ्ने बताए।

सांसद दल बहादुर राना, नेता ठाकुर गैरेलगायत पाल्पा क्षेत्र न. १ को पार्टीको भेलाले सारू मगरलाई सङ्घीय सांसदमा सिफारिस गरेको एमाले पाल्पाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved