कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इमर्जेन्सी बाहेकका सेवा ठप्प

नेपालभ्युज

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इमर्जेन्सी बाहेकका सेवा ठप्प

कर्णाली। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक आन्दोलित भएका छन् । आजदेखि इमर्जेन्सी बाहेकका सेवा बन्द गरेका छन् ।

प्रतिष्ठानमा कार्यरत डा.करण साहमाथि झुटा मुद्दा लगाइएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । आज विज्ञप्ति जारी गर्दै झुटा मुद्दा फिर्ता नलिएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् । डा. करणमाथि लगाएको झुटा मुद्दा फिर्ता लिई दोषीमाथि कडाभन्दा कडा कारबाही नभएसम्म इमर्जेन्सी बाहेकका अन्य कुनै पनि सेवामा संग्लग्न हुन नसक्ने जानकारी गराउँदछौं।’ विज्ञप्तिमा उल्लेख छ ।

गत भाद्र २ गते डा. करण साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए। एसिया इन्टरनेसनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका ६ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा. साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा  भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन्।

जिल्ला अदालत जुम्लाले अनुसन्धानका लागि डा. साहलाई पक्राउ पुर्जी जारी गरेको छ । केही दिनअघि मात्रै डा.साहलाई प्रतिष्ठानमै कार्यरत एक कर्मचारीले कुटपिट गरेका थिए। आक्रमणका विषयमा यथार्थ जानकारी लिन नेपाल चिकित्सक संघका प्रतिनिधि जुम्ला पुगेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved