मनकामना केबलकार २५ गतेदेखि खुल्ने

नेपालभ्युज

मनकामना केबलकार २५ गतेदेखि खुल्ने

काठमाडौं। साउन २३ गतेदेखि बन्द रहेको मनकामना केवलबार भदौ २५ गतेदेखि सञ्चालनमा आउने भएको छ । केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिका लागि बन्द गरिएको केबलकार २५ गते शनिबारदेखि सञ्चालनमा आउने भएको हो ।

कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको र यस चरणमा स्टेशनका संपूर्ण नयाँ पार्ट्स पुर्जा फेरिएको जनाएको छ । केबल कारको महत्वपूर्ण पार्ट्स गोंडोलाको सबै ग्रिपहरु फेरिएको, गिएर बक्सको चेक तथा अलायन्मेंट मिलाउने कार्यका साथै ४ टावरहरुको पार्ट्स फेर्ने कार्य पनि सकिएको कम्पनीले जनाएको छ ।

साथै, हायड्रोलिक्स सिस्टमको चेक जाँच तथा पार्ट्स फेर्ने कार्यका अलावा सम्पूर्ण टावरको निरीक्षण गरी पूर्ण रूपमा टेस्टिंग र कमिशनिंग गर्ने काम पनि गरिएकाले भदौ २५ गतेदेखि पूर्ववत रुपमा केवलकार सञ्चालनमा आउने कम्पनीले प्रेस विज्ञप्ती जारी गरेर जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved