जिल्लाबाट आएका सिफारिस कर्णाली कांग्रेसले केन्द्रमा पठायो

नेपाली कांग्रेसले कर्णाली प्रदेशबाट जिल्लाबाट उम्मेदवार सिफारिस भई आएका सबैको नाम केन्द्रमा पठाएको छ। नेपाली कांग्रेस कर्णाली प्रदेश समितिको बैठकले सोमबार जिल्लाबाट सिफारिस भएर आएका नामावली केन्द्रमा पठाएको हो।

नेपालभ्युज

जिल्लाबाट आएका सिफारिस कर्णाली कांग्रेसले केन्द्रमा पठायो

सुर्खेत। नेपाली कांग्रेसले कर्णाली प्रदेशले जिल्लाबाट उम्मेदवार सिफारिस भई आएका सबैको नाम केन्द्रमा पठाएको छ। नेपाली कांग्रेस कर्णाली प्रदेश समितिको बैठकले सोमबार जिल्लाबाट सिफारिस भएर आएका नामावली केन्द्रमा पठाएको हो।

नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीले सल्यानबाहेक नौ जिल्लाबाट आएका जिल्लाका उम्मेदवारीको सिफारिस केन्द्रको पठाइएको बसेको कार्य समितिको बैठकले केन्द्रमा पठाएको बताए।

‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि सल्यान जिल्ला बाहेक ९ वटा जिल्लाबाट प्रक्रिया पूरा गरी आएका सिफारिस लाई केन्द्रीय सर्कुलर बमोजिम प्रदेश कार्यसमितिले राय लेख्दै पठाउने सर्वसम्मत निर्णय गरेको छ’ उनले भने,‘हामीले राय पेश गरेकै आधारमा केन्द्रमा निर्णय हुनेछ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved